समाचार
कोहलपुर नगरपालिका वडा नं. २ अन्तर्गत वडा कार्यालय, स्वास्थ्य संस्था एवं सामुदायिक विद्यालयमा आकस्मिक निरिक्षण गर्ने क्रममा (मिति २०८१/०८/०२)
मिति २०८१/०८/०२ गते विहान १०:१० बजेबाट नगर उप-प्रमुख ज्यू, , प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक, वडा नं. २ को वडा अध्यक्ष, कर्मचारी प्रशासन / शिक्षा / स्वास्थ्य शाखा एवं सूचना प्रविधि उपशाखा कर्मचारी संयुक्त टोलि द्वारा कोहलपुर नगरपालिका वडा नं. २ स्थित लक्ष्मी मा.वि. बर्दहवा, २ नं. वडा आधारभूत स्वास्थ्य संस्था र २ नं. वडा कार्यालयको अनुगमन / सुपरिवेक्षण गरी सुधार गर्नु पर्ने पक्षहरुमा आवश्यक सुझाव प्रदान गरियो।