समाचार
श्रमको सम्मान : राष्ट्रको अभियान कार्यक्रम
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र, कोहलपुर मार्फत कोहलपुर नगरपालिकाको वडा नं. १, ४, ५, १२ र १३ मा श्रमको सम्मान : राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत वडा तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम यसको भुमिका, प्रभावकारीता र चुनौतीको विषयमा छलफल गरिएको छ । साथै कार्यक्रम मार्फत कोहलपुर नगरपालिका भित्रका बेरोजगारी व्यक्तिहरुलाई वडा कार्यालयमा जारी रहेको सुचीकृत हुने प्रक्रियामा सहभागि हुन अनुरोध गरिएको छ ।