FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र, कोहलपुर मार्फत कोहलपुर नगरपालिकाको वडा नं. १, ४, ५, १२ र १३ मा श्रमको सम्मान : राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत वडा तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम यसको भुमिका, प्रभावकारीता र चुनौतीको विषयमा छलफल गरिएको छ । साथै कार्यक्रम मार्फत कोहलपुर नगरपालिका भित्रका बेरोजगारी व्यक्तिहरुलाई वडा कार्यालयमा जारी रहेको सुचीकृत हुने प्रक्रियामा सहभागि हुन अनुरोध गरिएको छ ।

, , , ,

नयाँ बसपार्क उत्घाटन कार्यक्रम
मिति: २०८०-०३-२४
स्थान: कोहलपुर-११, चौराहा

कोहलपुर नगरपालिका स्तरिय बालिका तथा समावेशी शिक्षा सञ्जालका सदस्यहरूको क्षमता साझा कार्यशाला सम्पन्न
बेलायत सरकारको आर्थिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु, र पिपुल इन निडको साझेदारी तथा कोहलपुर नगरपालिका स्तरिय बालिका तथा समावेशी शिक्षा सञ्जालको आयोजनामा मिति २०८१/११/१५ र १६ गते दुई दिने बालिका तथा समावेशी शिक्षा सञ्जालका सदस्यहरूको क्षमता साझा कार्यशाला सम्पन्न सफलतापूर्वक सम्पन्न गरियो।
तालिमको स्थान र उदेश्य
उक्त तालिम कोहलपुर नगरपालिकास्थित सिटी प्लाजा, वडा नं. ११ मा नगरस्तरीय तथा विद्यालयस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको सशक्तीकरण गर्ने उद्देश्यले आयोजित गरिएको थियो। तालिम सम्पन्न भएपछि सञ्जालका गतिविधिहरू व्यवस्थित, उदेश्यपरक र परिणाममुखी हुने अपेक्षा गरिएको थियो।
तालिमका प्रमुख छलफलका विषयहरू
पालिकाले आगामी दिनहरूमा नगरका सबै विद्यालयहरूमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गर्नुपर्ने निर्णय गरेको थियो।
• कोहलपुर नगरपालिकाका ३० वटा सामुदायिक विद्लयहरुमा नेपाल सरकारको गुनासो सुनुवाइ संयन्त्र कार्यविधी २०७४ ( पहिलो संशोधन २०७७)अनुसार गुनासो सुनुवाइ संयन्त्र स्थापना र व्यवस्थापनका लागि आवश्यक समर्थन गर्ने।
• लैंगिक हिंसा, यौन दुर्व्यवहार लगायतका संरक्षणसम्बन्धी मुद्दाहरूका लागि विद्यमान रेफरल प्रणालीलाई थप सशक्त बनाउने। विद्यालयमा देखिएका घटनाहरूको सन्दर्भमा सहभागीहरूले मुद्धाहरु सम्बोधनका लागि केस रेफरल प्रणाली तथा मार्गचित्र सुधार गर्नुपर्ने ।
• विद्यालयमा मनोपरामर्श सेवा सहितको स्वास्थ्य कुनाको आवश्यकता रहेको निष्कर्ष निकालियो।
• विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधारका लागि आवश्यक रणनीतिहरू अवलम्बन गर्ने।
• सबै विद्यालयमा गुनासो कार्यसमिति गठन गरी प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरियो।
• बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) का सदस्यहरू, सहभागीहरू, विद्यालयका शिक्षकहरू तथा विद्यार्थीहरूले उठाएका समस्या तथा चुनौतीहरू सम्बोधन गर्न APO र CPP लाई GIEN सँग संलग्न गरिनुपर्ने साझा धारणा प्रस्तुत गरियो।
• विद्यालयस्तरीय GIEN ले हानिकारक अभ्यासहरू र सामाजिक मान्यताहरूको विरुद् वकालत गर्दै सबै बालबालिकाका लागि समान र समावेशी शिक्षाको सुनिश्चितता गर्नुपर्ने निष्कर्ष निकालियो।
• विद्यालय सुधार योजनामा लैंगिक उत्तरदायी बजेट (Gender Responsive Budget) समावेश गर्न GIEN ले पहल गर्ने।
• शैक्षिक बजेटको प्राथमिकता भौतिक पूर्वाधार विकासमा मात्र सीमित नरही सामाजिक मुद्दाहरूमा समेत केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइयो।
• सबै विद्यालयहरूले जेष्ठ २८ गतेभित्र GIEN को योजना पेश गर्नुपर्ने सहमति गरियो।
• नगरस्तरीय GIEN कार्ययोजना निर्माण गरी बालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा गैर-द्वैध समूहहरूको शिक्षामा रहेका अवरोध हटाउने लक्ष्य निर्धारण गरियो।
• पालिकाले बालिका तथा समावेशी शिक्षा प्रवर्द्धन गर्न कोष स्थापना गर्ने तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्यो।
• शिक्षा शाखाका प्रमुखज्यूहरूले सञ्जालको कार्य, कर्तव्य तथा अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
नगर उपप्रमुखको प्रतिबद्धता
• कोहलपुर नगरपालिकाको बालिका तथा समावेशी शिक्षा सञ्जालका संयोजक तथा नगर उपप्रमुख श्रीमती संगीता सुवेदीज्यूले आगामी दिनहरूमा बालिका तथा समावेशी शिक्षाका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्ध जनाउनु भयो। दुई दिने क्षमता विकास तालिमले बालिका तथा समावेशी शिक्षामा रहेका चुनौतीहरू पहिचान गर्दै समाधानका उपायहरू तय गर्ने महत्त्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालियो।

, , , , , , , , ,

Global IME Bank ले काेहलपुर न.पा. ११ मा वन्दै गरेकाे शव दाह निर्माणकाे लागि रू २०००००० ( बीस लाख ) सहयाेग हस्तान्तरण गरेकाे छ । CSR काे भूमिकालाई प्रभावकारी वनाएकाेमा वै्ङ्क सन्चालकलाई हार्दिक धन्यवाद छ ।

, , ,

मिति २०८१/०८/०२ गते विहान १०:१० बजेबाट नगर उप-प्रमुख ज्यू, , प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक, वडा नं. २ को वडा अध्यक्ष, कर्मचारी प्रशासन / शिक्षा / स्वास्थ्य शाखा एवं सूचना प्रविधि उपशाखा कर्मचारी संयुक्त टोलि द्वारा कोहलपुर नगरपालिका वडा नं. २ स्थित लक्ष्मी मा.वि. बर्दहवा, २ नं. वडा आधारभूत स्वास्थ्य संस्था र २ नं. वडा कार्यालयको अनुगमन / सुपरिवेक्षण गरी सुधार गर्नु पर्ने पक्षहरुमा आवश्यक सुझाव प्रदान गरियो। 

मिति २०८१ असोज ८ गते दिउँसो १:३० बजेबाट न्यायिक समिति हलमा प्रमुख प्रशासकीय अधिकृत श्री मान बहादुर गिरी ज्यूको अध्यक्षतमा बसेको शाखा / उप-शाखा प्रमुखहरुको बैठकमा यस आ.व. २०८१/०८२ को हाल सम्मको प्रगति, कार्यालयको सेवा प्रवाह, शाखा /उप-शाखाहरुले प्रदान गर्ने सेवा, सेवा प्रवाह गर्दा उत्पन्न भएका समस्या र समाधानको विषयहरुमा छलफल भयो ।

, , , ,

Pages