FAQs Complain Problems

समाचार

कृषि तथा पशुपालन सम्बन्धि फर्म दर्ता र नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय / कृषि तथा पशु स्वास्थ्य शाखा र आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
१. माछापालन फर्म रु ८५/ २. गाई भैंसि फार्म रु १००/ ३. बङ्गुर/खसी -बाख्रा फार्म रु ८०। ४. कुखुरा फार्म रु १५०।
आवश्यक कागजातहरु: 
  • फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • सञ्चालकको नागरिकताको प्रतिलिपी
  • वडा सर्जमिन मुचुल्का
  • अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपि
  • जग्गा वा घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • सम्पूर्ण कागजात सहित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
  • अध्यक्ष / सदस्य वा सचिवले सम्बन्धित कर्मचारीलाई तोकादेश गर्ने  र कर्मचारीले आवश्यक जाँचबुझ गर्नेछ।
  • वडा कार्यालयबाट सर्जमिन मुचुल्का गरिनेछ।
  • कृषि तथा पशु स्वास्थ्य शाखाले आवस्यक मूल्याङ्कन सहित सिफारिस गरि फर्मको लागि आवश्यक सुझाव सहित अनुमति दिनेछ।
  • वडा कार्यालयय र सम्बन्धित शाखाको सिफारिस पत्र, शुल्क तिरेको रसिद सहित २ प्रति फोटो लिइ आर्थिक विकास शाखामा आएमा प्रमाण पत्र उपलब्ध गराइनेछ।