Submitted on: Tue, 04/24/2018 - 12:19
भौगोलिक अवस्था :- बाँके जिल्लाको सुन्दर नगरी कोहलपुर नगरपालिका साविक रझेना र साविक कोहलपुर गा.वि.स. मिलाएर मिति २०७१/१/२५ गते कोहलपुर नगरपालिका घोषणाा भएको हो । मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको १५ जिल्लाको मध्य तराई क्षेत्रमा अवस्थीत बाँके जिल्लाको पश्चिम उत्तर कुनामा रहेको कोहलपुर न.पा. नेपालगंज देखि १६ कि.मि. उत्तरमा अवस्थित मध्य पश्चिम क्षेत्रको द्धार हो । यसको सिमाना पूर्वमा महादेवपुरी गा.वि.स., पश्चिममा बनकटवा र नौवस्ता गा.वि.स., दक्षिणमा शम्शेरगंज, कम्दी गा.वि.स. र उत्तरमा चुरेश्रृखला रहेको छ । यस न.पा.को तापक्रम न्यूनतम ७ डिग्री सेल्सियस देखि अधिकतम ४५ डिग्रि सेल्सियस सम्म मापन गरिएको छ ।
Submitted on: Tue, 01/02/2018 - 14:58